विदेशी पर्यटकलाई नेपाली टोपीले स्वागत गर्दै मनाईयो टोपी दिवस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 11:14:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ  । जागरुक युवा अभियान नेपालले गत वर्षहरुमा जस्तै राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर र्यालीसहित टोपी दिवस मनाएको हो । 

यस वर्षको दिवसमा अभियानले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत सघाउने गरी ‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ गतिविधि गरेको छ । कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका छन् । 

अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकारलगायतको सहभागिता थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved