आगामी ३ दिन वर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 09:41:11 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल  नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले त्यस प्रणलीको कारण हाल देशभर सामान्य बदली रहेको जनाएको छ । उक्त न्यून चापिय प्रणालीको कारण देशका विभिन्न स्थानमा बर्षा र हिमपात हुने हुँदा सतर्कता अपनाउन विभागले अनुरोध छ ।

हेर्नुस कहाँ कस्तो रहन्छ आगामी ३ दिनको मौसम ? 

पौष १७  गते (बिहिबार)
दिउँसो 
: देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।


राती देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको देखिन्छ । उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपातको सम्भावना देखिन्छ 

 

पौष १८  गते (शुक्रबार)
दिउँसो 
:देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।


राती देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

 

पौष १९  गते (शनिबार)
दिउँसो 
:देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।


राती देशभर  सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भागमा मध्यम देखि भारी  हिमपात र पहाडि तथा तराईका थोरै स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved