देशभरको मौसम बदली, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 09:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले हाल  नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले त्यस प्रणलीको कारण हाल देशभर सामान्य बदली रहेको जनाएको छ । उक्त न्यून चापिय प्रणालीको कारण देशका विभिन्न स्थानमा बर्षा र हिमपात भईरहेको र यो क्रम अझै केहि दिन चल्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध छ ।

हेर्नुस कहाँ कस्तो रहन्छ आगामी ३ दिनको मौसम ? 

पौष १८  गते (शुक्रबार)
दिउँसो 
:देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

राती देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ ।

 

पौष १९  गते (शनिबार)
दिउँसो 
:देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम  हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

 

 पौष २०  गते (आइतबार)
दिउँसो 
: देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती देशभर  आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved