नेकपाका बहुमत सांसदबाट हेटौँडा राजधानी अस्वीकार

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 05, 2020 | 02:49:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ को राजधानी हेटौँडा राख्न नेकपा सचिवालयले दिएको सुझाव नेकपा प्रदेश संसदीय दलको बैठकले अस्वीकार गरेको छ । प्रदेश राजधानी र नामाकरणबारे छलफल गर्न बसेको प्रदेश ३ नेकपा संसदीय दलको बैठकले राजधानी हेटौँडा बनाउने पार्टी सचिवालयको निर्णयको विरुद्धमा बहुमत सांसदले असहमति जनाएका छन् । यद्यपी निर्णय भने आइसकेको छैन ।

हेटौंडा राजधानी बनाउने प्रस्तावमाथि मिश्रित प्रतिक्रिया आएपनि बहुमत सांसदहरुले निर्णय सच्याउनुपर्ने मत राखेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका सांसद कैलाश प्रसाद ढुंगेलले बैठकमा मिश्रित प्रतिक्रिया आएको बताए । संसदीय दलले आजै निर्णय गर्ने र भोलीको संसद बैठकले नाम र राजधानी टुंगो लगाउने ढुंगेलको भनााई छ । ढुंगेल प्रदेश सरकारका प्रवक्ता समेत हुन् । 

प्रदेश सांसद रत्न ढकालले भने हेटौँडा राजधानी राख्ने प्रस्ताव बहुमतले अस्वीकार भईसकेको दाबी गरेका छन् । प्रदेशमा नेकपाका मात्रै ८० सांसद छन् । यीमध्ये ६२ सांसद हेटौँडाको विपक्षमा छन् ।

यो पनिः

‘प्रदेश ३ को राजधानीबारे पार्टीको निर्देशनले जनमतको अपमान भयो’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved