मंगलबार राजधानीका यी स्थानमा ७ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 06:03:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पुस २२ गते मंगलबार राजधानीका विभिन्न स्थानमा ७ घण्टासम्मको लागि विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ११ केभी ओम फिडरबाट वितरित लाइनमा बिद्युत आपूर्ति अवरोध हुने जनाएको हो  ।

प्राधिकरणका अनुसार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने शुकेधरा, न्यु कोलोनी, ढलाने पुल , निलो पुल लगायतका क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने छ  ।

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved