ट्रम्पलाई मोदीको फोन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 09:41:54 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् । नयाँ वर्षको शुभकामना दिँदै भारतीय प्रधानमन्त्री मोदीले २०१९ मा दुई देशबीचको रणनीतिक साझेदारी अझ प्रगाढ भएको बताएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार वार्तामा मोदीले भारत र अमेरिकाबीचको सम्बन्धमा विश्वास, आपसी सम्मान र समझदारीमा कुनै कमि नआएको भन्दै दुई देशबीचको सम्बन्ध मजबुतबाट अझ मजबुत हुँदै गएको दाबी गरेका छन् । 

ट्रम्पले दुई देशबीचको सम्बन्धमा भएका उपलब्धिमा सन्तुष्टि जनाएपनि द्विपक्षीय सहयोग अझ बढाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved