शुल्क वृद्धिको विरोधमा मकवानपुर क्याम्पसको स्ववियुद्वारा रिले अनसन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 04:03:03 PM मा प्रकाशित

laxmi  sunrise bank

शुल्क वृद्धिको विरोध गर्दै मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियुले मंगलबारबाट रिले अनशन सुरु गरेको छ । स्ववियुको अगुवाईमा विभिन्न विद्यार्थी संगठनले रिले अनशन सुरु गरेका हुन् ।

क्याम्पसमा स्ववियु सभापति कुमार केसीको नेतृत्वमा विद्यार्थी संगठनले रिले अनशनको सुरुवात गरेका हुन् । शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने स्ववियु सचिव आकाश अधिकारीले बताए । क्याम्पस व्यवस्थापन समितिले मासिक शुल्कमा ६५ प्रतिशत र भर्नामा सय प्रतिशत शुल्क वृद्धि गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved