विवादित एमसीसी अनुदानबारे उपप्रधानमन्त्रीको मध्यममार्गी विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 04:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले नेपाल पुर्वाधार निमार्णको चरणमा रहेकाले यसका लागि आउने विदेशी सहयोग स्वीकार गर्नुपर्ने बताएका छन। अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको एमसीए नेपाल परियोजना स्वीकार गर्दैमा सैन्य गठबन्धन बाध्य नभएको उनले बताएका छन। 

राष्ट्रिय सभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले  आयोजना गरेको समावेशी विकास र समृद्ध नेपाल विषयक कार्यक्रममा बोल्दै उनले सैन्य गठबन्धन गर्नुपर्ने अवस्था आएमा यो परियोजना अस्विकार गर्नुपर्ने बताए। 

पूर्वाधार निर्माणको लागि अमेरिका र चीन मात्र नभएर बिश्वका जुनसुकै देशको सहयोग नेपालको हितमा छ भने त्यो सहयोग स्वीकार गर्न सकिने र गर्नुपर्ने उनले बताए। 

त्यस्तै उनले हिन्दु तथा बौद्व धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ मन्दिर र गुम्बाहरूको मात्रै ब्यवस्थित गर्न सके २० लाख पर्यटक भित्र्याउन कुनै हारगुहार गर्नु नपर्ने बताए । विश्वभरिका हिन्दु र बौद्व धर्मावलम्बीहरूको आस्थाको केन्द भएर पनि मुलुकले त्यसको लाभ लिन नसकेको उनले स्वीकार गरे । 

केहीपनि नभएका मुलुकले पनि पर्यटनबाट सफलता हाँसिल गरेको भन्दै उनले नेपालमा त पर्याप्त स्रोत साधान भएकोले समृद्ध नेपालको सम्भावना अपार रहेको बताए। कृषिमा जाने अनुदान पनि निश्चित राजनितिक पार्टिको झण्डा बोक्नेले पाउने तर जहाँ पुग्नुपर्ने हो त्यहाँ अत्यन्त न्यून मात्रै पुगेको उनले बताए। अब यसमा राज्यले धान दिनुपर्ने मन्त्रि पोखरेलको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved