बिहिबार राजधानीका यी स्थानमा ६ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 07:57:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विहिबार राजधानीका विभिन्न स्थानमा ६ घण्टा बत्ति नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बिहिबार बालाजु सब-स्टेसनमा नयाँ ट्रान्सफर्मर जडान गर्ने भएकोले ६ घण्टासम्म बत्ति नआउने जनाएको हो  ।

प्राधिकरणले ६६/११ के भी २२.५ एमभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गर्न लागेको हो । ट्रान्सफर्मर  जडान गर्न लागिएकोले  बालाजु सब-स्टेसनबाट वितरण हुने विजुलीको आपूर्ति बिहान ११:३० देखी १५:३० बजेसम्म अवरोध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिआड़ी -१ , बिआड़ी -२,  ढुंगेधारा, महाराजगंज-२, नयाँ बजार र धर्मस्थली फिडरबाट त्यस समयमा विजुली आपूर्ति हुने छैन।ट्रान्सफर्मर जडान  कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved