यस्तो हुनेछ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 08:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायम नै रहेको जनाएको छ । उक्त प्रणालीका कारण हाल देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकि स्थानहरुमा सामान्य बदलि रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ  । त्यस्तै विभागका अनुसार उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ।


यो क्रम अझै केहि दिन चल्ने विभागले जनाएको छ

यस्तो छ आगामी ३ दिनको मौसम :

पौष २४ गते (बिहीबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपात हुने सम्भावना रहेको छ।

पौष २५ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २६ गते (शनिबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved