तेस्रोपटक भारी हिमपात हुँदा राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 12:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ ।

डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।

डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् । अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved