सबै क्षेत्र सबल भएमात्र समृद्धि सम्भवः मन्त्री नेम्बाङ

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 09, 2020 | 07:38:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले मुलुकका सबै क्षेत्रलाई सवल बनाउन सके मात्र समृद्धि सम्भव हुने बताएका छन । बिहिबार गृहजिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका वडा १ र २ अध्यारोमुक्त घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन । 

मुलुकका सबै क्षेत्रहरुलाई सवल र समयानुकुल बनाउन सकेमात्रै समृद्धि सम्भव हुने भएकाले सरकारले विकास निर्माण र सेवा प्रवाहका सबै क्षेत्रमा सुधारको प्रयास गरिरहेको मन्त्री नेम्वाङको भनाई छ । सरकारको प्रयासकै कारण विकास निर्माणका कार्यहरु तथा सेवा प्रवाहका क्षेत्रहरुमा परिवर्तन आएको मन्त्री नेम्वाङले वताए ।

मन्त्री नेम्वाङले ठूला पूर्वाधारका आयोजना, विकास निर्माणका अन्य योजना र सेवा प्रबाहका क्षेत्रमा सरकारले एकैसाथ सुधारको प्रयास समेत गरिरहेको वताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved