पृथ्वी जयन्तीमा ४ स्थानीय तहले दिए बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 02:49:26 PM मा प्रकाशित

laxmi  sunrise bank

पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा पुस २७ गते गोरखाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको सम्मानमा बिदा दिने निर्णय गरिएको स्थानीय तहहरुले जनाएका छन् । 

हरेक वर्षको पौष २७ गते पृथ्वी जयन्तीमा सरकारले राष्ट्रिय एकता दिवसका रुपमा बिदा दिँदै आएको थियो । तर २०६२÷६३ को जनआन्दोलनपछि पृथ्वी जयन्तीको बिदा कटौती गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved