नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 08:37:03 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले शाहको दूरदर्शिता, साहसिक नेतृत्व र नेपाली जनताको साझा प्रयासबाट मुलुकको एकीकरण सम्भव भएको बताए।

एकीकरण अभियानले हामी आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएकाले उनको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने , “विसं २०७४ मा देउवा सरकारले पृथ्वीजयन्तीलाई एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रिय एकतालाई बलियो बनाउन सरकारले त्यसलाई निरन्तरता दिनुपर्छ, संसारभर राष्ट्रनिर्मातालाई सम्मान गर्ने चलन छ ।”

दोस्रो जनान्दोलनपछि शाहको शालिक तोड्ने र इतिहासको अपव्याख्या गर्ने कार्य हुन लागेकाले पार्टीले पृथ्वीजयन्तीका दिन शुभकामना कार्यक्रम शुरु गरेको स्मरण गर्दै अध्यक्ष थापाले नेपाली नोटमा शाहको तस्वीर अङ्कित गर्न माग गरे । पार्टीले यही पुस २६ देखि २८ गते तीन दिनसम्म पृथ्वीजयन्तीलाई उत्सवका रूपमा मनाउन देशभरका सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved