सार्वजनिक बसमा हस्तमैथुन प्रकरणः पक्राउ परेका रबिनको यस्तो बयान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 12:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्षको माघ १० मा सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की चितवनबाट पक्राउ परेका छन् । घटनालगत्तै भारत फरार भएका उनी सात महिनाअघि नेपाल फर्किएका थिए । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो । त्यसको ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट अपलोड भएको थियो । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको ६ महिनापछि मात्रै पीडितले उजुरी दिएकी थिइन् ।

भरतपुर महानगरपालिका–२४ का २१ वर्षीय रबिनले उक्त भिडियो आफैंले खिचेको र पैसा कमाउन यस्तो काम गरेको बयान दिएका छन् । उनी काठमाडौँमा रिक्सा चलाउँदै आएका थिए । 

पीडित किशोरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved