चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष बिरुद्द अख्तियारमा उजुरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 02:18:39 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गिरीले  अकुत सम्पत्ति आर्जन गरेको भन्दै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दुर्गाप्रसाद प्रसाईंले उनीविरुद्ध उजुरी दिएका हुन् ।

गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहँदा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा घुस नलिई कुनै काम नै नगरेको दाबी सहित प्रसाईले उजुरी दिएका हुन् । प्रसाईंले गिरीको सम्पूर्ण सम्पत्ति जफत गर्न समेत माग गरेका छन् ।

प्रसाईले यसअघि एमबिबिएस कार्यक्रम सञ्चालनको सम्बन्धनको सिफारिस निवेदन दिँदा गिरीले २० करोड रुपैयाँ घुस मागेको दाबी गरेका थिए । प्रसाई तिनै व्यक्ति हुन्, जो एकताका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved