चीनको सिमानामा सशस्त्रको बोडर आउट पोष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 05:08:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरीले उत्तरी सीमामा पहिलो बोडर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा सशस्त्रले बीओपी राखेको हो । 

पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले मंगलबार बीओपी उद्घाटन गरे । 

जिल्ला सदरमुकाम खाँदबारीबाट १ सय १० किलमिटर टाढा र नेपाल–चीन सीमाबाट १ किलोमिटर नजिक बीओपी राखिएको छ । योसँगै सशस्त्र प्रहरीको बीओपी संख्या ११२ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved