प्रचण्डले भने, ‘युद्धमा मरेकामध्ये ५ हजारको जिम्मा लिन्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 05:29:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धका क्रममा माओवादीले १७ हजार मानिस नमारेको दाबी गरेका छन् । बुधबार माघी पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले १७ हजारमध्ये १२ हजार राजाहरुले नै मारेको दाबी गरे । 

‘मैले १७ हजार मान्छे मारेर आएको भन्ने गरिन्छ । यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु ।’ 

प्रचण्डले युद्ध क्रममा भएका राम्रा र नराम्रा कामको जिम्मेवारीबाट आफू नभाग्ने समेत बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved