भारतीय प्रहरी नेपाल छिरेपछि स्थानीयले घेरा हालेर समाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 03:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रहरी हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि कैलाली प्रहरीले पक्राउ गरेको छ । ३ जिल्ला पार गरेर आएपछि कैलालीको चिसापानीमा नेपाल प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । गाडी लिएरै नेपाल छिरेका उनीहरुलाई नेपाल प्रहरीले समातेको भिडियो समाजिक सञ्जालमा आयो ।

बाँकेको नेपालगञ्जबाट सय किलोमिटर दूरीमा पर्ने कैलालीको चिसापानीमा भारतीय प्रहरी देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै मिलेर भारतीय प्रहरीलाई घेरा हाले । त्यसलगत्तै आइपुगेको कैलाली प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले नेपाल आएका भारतीय प्रहरीलाई पक्राउ गरेको नभई सोधपुछ गरी पठाइएको बताएका छन् । उनले उत्तर प्रदेशको बहराइच जिल्लामा कार्यरत उनीहरु सिमानामा आएपछि कर्णाली पुल हेर्न नेपाल छिरेको बताए । 

बाँके प्रहरीले भने १० जनाको सङ्ख्यामा आएका भारतीय प्रहरीहरुलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जाने अनुमति दिएको थियो । बागेश्वरी मन्दिर पुगेर दर्शन गरेर उनीहरु बाँके प्रहरीलाई खबर नै नगरी कैलालीको चिसापानीमा रहेको कर्णाली पुल पुगेका थिए । 

बाँकेको प्रहरीले भने भारतीय प्रहरीहरु पोशाकमै आएपनि हतियार भने नल्याएको दाबी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved