पत्रकार ढकालका हत्यारालाई ३९ वर्ष जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 10:02:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार मनोहर ढकालको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत मकवानपुरले ३९ वर्षको कैद सजाय सुनाएको छ । पत्रकार ढकालको हत्यामा संलग्न हेटौँडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौँडा १२ का १९ वर्षीय प्रविण वाइबालाई ३९ वर्षको कैद सजाय सुनाईएको जिल्ला अदालत मकवानपुरले जनाइएको छ । 

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको हो । 

एक वर्ष अघि २०७५ पुस २५ गते साँझ हेटौँडा–१ को भैरवडाँडा नजिक गम्भीर घाइते अवस्थामा फेला परेका पत्रकार ढकालको हेटौँडा अस्पतालमा मृत भएको थियो । शुरुमा मोटरसाइकल दुर्घटनामा ढकालको मृत्यु भएको भनिएपनि सात दिनपछि प्रहरीले हत्यामा संलग्न भन्दै दुई जना र घटनापछि हराएको मृतक ढकालको औँठी र मोबाइल खरिद गर्ने दुई जना गरी चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । 

अदालतले उनीहरुलाई हत्या अभियोगमा जन्मकैद र डकैतीमा १४ वर्ष गरी ३९ वर्ष कैद फैसला गरेको हो । रेडियो अनमोलमा कार्यरत रहँदा मारिएका पत्रकार ढकालले रेडियो पालुङ, शक्ति एफएम आदिमा स्टेशन म्यानेजर भई काम गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved