अशान्त बन्यो सिन्धुपाल्चोक, आइतबार बिहानैदेखि कर्फ्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 08:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

सिन्धुपाल्चोकमा आइतबार बिहान ८ बजेदेखि कर्फ्यु लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रविसे नगरपालिकामा कर्फ्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले अर्को व्यवस्था नभएसम्म आज (आइतबार) देखि विहान ८ बजेबाट बेलुकी ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेकी हुन् । 

नगरपालिकाले वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु नगरपालिकाले शुक्रबार  भत्काइदिएको थियो। त्यसको विरोधमा स्थानीयले  बजार क्षेत्रमा नारा जुलुस गर्नुको साथै  नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका थिए। त्यस्तै उनीहरुले गमलाहरुमा तोडफोड गरेका थिए ।

आइतबार पनि त्यस क्षेत्रमा अशान्ति र हुलदंगा हुन् सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्मको लागि आर्को आदेश नभएसम्मको कर्फय लगाएको हो। 

पुर्वमा बाह्रविसे बजारबाट ३०० मिटर पुर्व, पश्चिममा भोटेकोशी खोलाको राम्चे पुल, उत्तरमा ४ नम्बर वडाको इलाखा प्रहरी कार्यालय र दक्षिणमा सुनकोशी चोकलाई चार किल्ला कायम गरी कर्फ्यु जारि गरिएको हो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved