यस्तो रहनेछ आगामी ३ दिनको मौसम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 09:09:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम विश्लेषण

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईरहेको छ।

मौसमको अवस्था  

देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ५ गते (आइतबार) 

दिउँसो देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

 

रातीः   देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

 

 

माघ ६ गते (सोमबार) 
दिउँसो 
पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

 

रातीः   पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।


 माघ ७ गते (मंगलबार) 
दिउँसो 
पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

 

रातीः   पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
देशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षा सहित पश्चिमी उच्च हिमाली भेगका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध छ ।


स्रोत: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved