आत्महत्या दुरुत्साहनमा रवी लामिछानेलाई सफाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 05:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्धा खेपिरहेका टेलिभिजन प्रस्तोता रवी लामिछानेले सफाई पाएका छन् । जिल्ला अदालत चितवनले अन्तिम फैसला सुनाउदै रवी लामिछाने,  युवराज कँडेल र अस्मिता कार्कीलाई सफाई दिएको हो  । न्यायधीश हेमन्त रावलको एकल इजलाशले अभियोग दाबी नपुग्ने भन्दै सबैलाई सफाई दिने आदेश गरेको हो  । 

यस अघि चितवन जिल्ला अदालतले रवीलाई ५ लाख धरौटीमा रिहा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि रविका कारण आफु आत्महत्या गर्न वाध्य भएको भन्दै बनाएको भिडियो सार्वजनिक भएपछि रवी अहिले आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्धा खेपिरहेका थिए ।

जिल्ला अदालत चितवनले अन्तिम फैसला गरेपछि उच्चा अदालत पाटनको हेटौडा इजलाशमा भने यो मुद्द अझै चलिरहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved