अनेरास्ववियू रामेछापको संयोजकमा अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 10:40:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पर्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू रामेछापको संयोजकमा सागरहरी अधिकारी चयन भएका छन् । अनेरास्ववियू केन्द्रीय कमिटीले पूर्व नेकपा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियूका जिल्ला अध्यक्ष समेत रहेका अधिकारीलाई पार्टी एकतापछि बनेको अनेरास्ववियूको संयोजकको जिम्मेवारी दिएको हो । 

संयोजकको जिम्मेवारी पाएपछि अधिकारीले जिल्लाका सबै तह र तप्काका विद्यार्थीको हकहितको लागि विगतदेखिन नै क्रियाशील रहेको र यो अभियानलाई अझै फराकिलो बनाएर निरन्तरता दिने बताए । उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने पक्का जस्तै भएकाले संगठन पूर्ण रुपमा स्ववियू निर्वाचनमा केन्द्रित रहने पनि बताए । उनले रामेछापको मन्थली क्याम्पसमा हुने स्ववियू निर्वाचनमा अनेरास्ववियूले यसअघि पनि जितेको र उक्त विरासत कायम राख्नेगरी परिचालित हुने दाबी गरे ।

अधिकारीको परिवार नै राजनीतिमा संलग्न छ । उनका हजुरबुबा स्वर्गीय रिपुमर्दन अधिकारी तत्कालिन एमालेको जेष्ठ कम्युनिष्ट मञ्चमा थिए । बुबा कृष्णहरी अधिकारी नेकपा मन्थली नगरकमिटीको संयोजक र वडा नम्बर १२ को वडाध्यक्ष समेत हुन् । 

अनेरास्ववियू रामेछापको सहसंयोजकको जिम्मेवारी भने पूर्व अनेरास्ववियू क्रान्तिकारीका केशब बस्नेतले पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved