बिजपाटी सम्बाददाता     Jan 20, 2020 | 02:19:57 PM


ruslan

प्रहरीकै गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएका छन् । अनामनगरमा रोकिराखिएको अवस्थामा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले ह्वील लक गरिदिएको हो । 

सडक ढाकेर रोखिएको उक्त गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नियम अनुसार गाडीलाई जथाभावी पार्किङ गरेकामा चिट काटेर कारबाही पनि गरिएको महाशाखा प्रमुख भीम ढकालले जानकारी दिए ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7