काभ्रेमा प्रचण्ड र बाँस्कोटालाई प्रवेश निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 05:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेशको नामाकरण पहिचान सहितको संघियताको विरुद्ध रहेको भन्दै काभ्रेमा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रवेश नदिने चेतावनी दिईएको छ । काभ्रेको महाभारत गाउँपालिकाका युवाहरुले नेकपा अध्यक्ष प्रचण्डसहित काभ्रेबाट निर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई आफ्नो गाउँमा प्रवेश गर्न नदिने चेतावनी दिएका हुन् । 

पहिचान सहितको संघीयता विपरीत प्रदेशको नाम बाग्मती राखिएको भन्दै उनीहरुले नेकपाका नेताहरुलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएका हुन् । प्रवेश निषेध लेखिएका पर्चाहरु जताततै टाँसिएका छन् । उनीहरुले प्रदेशको नाम नेवाः तामसालिङ राख्न पनि माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved