व्यवसायीले टेरेनन् सरकारलाई, पैसा नपाएका उखु किसान हेरेको हेर्‍यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 04:53:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दिएको समय सकिँदा उखु किसानले ८ करोड मात्रै भुक्तानी पाएका छन् । भुक्तानी नपाएको विरोधमा माइतिघर मण्डलामा १० दिनसम्म विरोध प्रदर्शन गरेपछि सरकारले भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएको थियो । तर सरकारले दिएको समय आज मंगलबार सकिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघ ७ गतेसम्ममा किसानको सबै बक्यौता दिलाइदिने प्रतिबद्धता जनाएपछि फर्किएका उखु किसानको हातमा ८ करोड मात्र परेको छ । उठ्नु पर्ने रकम सय करोड बढी रहेको किसानले दाबी गरिरहेपनि चिनी मिलले भने दिन आनाकानी गर्दै आएका छन् ।

अन्नपूर्ण चिनी मिलबाट ५० करोड, महालक्ष्मी चिनी मिलबाट २१ करोड, श्री राम सुगर मिल्सबाट ४२ करोड रुपैयाँ पाउन बाँकी रहेको किसानको गुनासो छ । तर सरकारले आजसम्म अन्नपूर्णका राकेश अग्रवालबाट ३ करोड ९० लाख र महालक्ष्मीका विरेन्द्र कनौडियाबाट साढे ११ करोड मात्रै दिलाउन सकेको छ । 

किसानको रकम तिर्नुपर्ने चिनी मिलको सूचीमा रहेको लुम्बिनी सुगर मिल्सका मालिकको मृत्यु भएको छ । 

यसअघिः

उखु किसानसँग ५ बुँदे सहमति, आन्दोलन स्थगित

पैसाको आशमा पानीमा भिज्दै उखु किसान (भिडियोसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved