भुकम्प पिडितले फिर्ता गरे सरकारी अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 04:58:26 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनःनिर्माणको लाभग्राहीमा परेका तनहुँका चार परिवारले किस्ता रकम फिर्ता गरेका छन् । घर बनाउन पहिलो, दोस्रो र तेस्रो किस्ता लिएका ती लाभग्राहीले रकम फिर्ता गरेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जनाएको छ । 

पहिलो किस्ता लिने तीन र तीनवटै किस्ता लिने एक जना लाभग्राहीले सम्झौताबापतको किस्ता रकम फिर्ता गरेका हुन् । जिल्लाको भानु नगरपालिकाका दुई र म्याग्दे र ऋषिङ गाउँपालिकाका एक एक लाभग्राहीले रकम फिर्ता गरेका हुन् । अन्यत्र पनि घर भएको र एक भन्दा बढी घर भएको व्यक्तिले भूकम्पको किस्ता लिन नपाउने जानकारी पाएपछि कारवाहीमा पर्ने डरले रकम फिर्ता गरेको हुनसक्ने प्राधिरकणको अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved