सांसद मनाङेविरुद्ध मुद्दा दर्ता, पक्राउ पर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 07:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेश सभाका सांसद दिपक मनाङेविरुद्ध मुद्दा दर्ता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेका हुन् ।

आफुलाई सार्वजनिक स्थलमै झापड हानेको भन्दै गुरुङले  'अभद्र व्यबहार तथा कुटपिट ' मुद्दा दर्ता गरेका हुन्। पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेका बेला मनाङ्गेले गुरुङमाथि कुटपिट गरेका थिए । 

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले मुद्दा दर्ता भएको जानकारी दिदै कानुन अनुसार प्रर्क्रिया  अगाडी बढाउने बताएका छन् । प्रहरी स्रोतका अनुसार बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउ अनुमति लिएर गुरुङलाई पक्राउ गर्ने अनुसन्धान गर्ने तयारी भएको छ । प्रदेश सभा चलिरहेकोले  प्रदेश सभाका सभामुखलाई जानकारी दिएर उनलाई पक्राउ गरिने स्रोतले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved