महानगरपालिकाले आफै हटाउन थाल्यो होर्डिङ बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 11:10:20 AM मा प्रकाशित

laxmi  sunrise bank

महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउन थालेको छ  । महानगरले बिज्ञापनका लागि राखिएका होर्डिङ  बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखन लगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्रीलाई हटाउन थालेको हो ।

२०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्न  महानगरले यस  अभियानलाई  तिब्रता दिएको जनाएको छ । नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरेर सहरी सुन्दरता कायम गर्ने उदेश्यले सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्रीलाई महानगरले हटाउन आदेश दिएको हो  । प्रहरी नायब उपरीक्षक धनपति सापकोटालका  अनुसार यस्ता बिज्ञापनका लागि राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखन हटाउन आधिकारिक व्यक्तिलाई  जानकारी दिएपनि नमानेपछि महानगरले आफ्नै कर्माचारी खटाइ धमाधम भत्काउन थालेको बताए  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved