नेपालमा भ्रष्ट्राचार घट्यो, हेर्नुस १ सय ८० देशको अवस्था ( सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 12:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अघिल्लो बर्षको तुलनामा यो बर्ष भ्रष्ट्राचार घटेको पाईएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले जारी गरेको भ्रष्टाचार अवधारणा सूचांक २०१९ मा नेपालले  ३४ अंक पाएको छ । नेपाल ३४ अंक सहित कम भ्रष्ट्राचार हुने देशको ११३ औं स्थानमा रहेको छ।

गत बर्ष नेपाल यो सुचीमा  ३१ अंक पाएर १२४ औं स्थानमा थियो । अर्थात् नेपालले एक बर्षको अवधिमा ११ स्थान सुधार गरेको हो । यद्यपि, भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा भने नेपाल अझै कायमै छ ।

यस बर्ष डेनमार्क सबै भन्दा कम भ्रष्टाचार हुने मुलक बनेको छ । डेनमार्कले कुल १०० मा ८७ अङ्क प्राप्त गरेको छ ।  सोमालिया भने सयमा ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ 

 १८० देशमा १३ अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा यो सूचांक तयार पारिएको हो  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved