सांसद दीपक मनाङे पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 04:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ(दीपक मनाङे) पक्राउ परेका छन् । कास्की प्रहरीले मनाङेलाई बिहिबार दिउँसो पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

 बिहिबार जिल्ला प्रशासन कार्यालयले उनलाई पक्राउ गरी अनुसन्धन गर्न अनुमति दिएसंगै उनी पक्राउ परेका हुन्  ।बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेका थिए ।

आफुलाई सार्वजनिक स्थलमै झापड हानेको भन्दै गुरुङले  'अभद्र व्यबहार तथा कुटपिट ' मुद्दा दर्ता गरेका थिए । पोखराको भण्ढारढिकमा मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनको तयारी भइरहेका बेला मनाङ्गेले गुरुङमाथि कुटपिट गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved