सरकारी जग्गा अनियमितता गर्नेलाई कारवाही गर्न प्रहरी र अख्तियारलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 04:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी, सार्वजनिक र गुठी जग्गा मिची बेचबेखिन गर्नेलाई सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । माघ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कारवाही प्रर्किया अगाडी बढाउने निर्णय गरेको हो । 

जस अनुसार सरकारले यस सम्बन्धमा भएको भ्रष्ट्राचारबारे अनुसन्धान गरी कारवाही गर्न अख्तियारलाई निर्देशन दिएको छ । त्यस्तै सरकारले यसमा संलग्नमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ । मिचिएका यस्ता जग्गालाई सरकारी स्वामित्व मै ल्याउनको लागि आवस्यक प्रक्रिया अगाडी बढाउँन समेत सरकारले निर्देशन दिएको छ । 

सरकारले गत जेठ ६ गते मिचिएका  सरकारो, सार्वजनिक र गुठी जग्गा बारे अध्ययन गर्न जांचबुझ आयोग गठन गरेको थियो ।  सोहि आयोगले दिएको प्रतिवेदन अनुसार सरकारले आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो । 

यसको विवरणबारे हरेक ३-३ महिनामा प्रगति विवरण बुझाउन समेत सरकारले निर्देशन दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved