अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 12:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाको सभामुखको उम्मेदवार अग्नि सापकोटा बिरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका हुन् ।

रिटमा त्रिपाठीले सापकोटा बिरुद्द हत्या अभियोग लागेकोले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गरेका छन् । मुद्दाको पेशी आइतबार ११ बजेलाई तोकिएको छ ।  प्रतिनिधिसभामा माघ १२ गते आइतबार सभामुखको निर्वाचन हुदै छ । निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार हुन् ।  अर्थात् निर्वाचनपछि उनी सभामुख चयन हुने निश्चित जस्तै छ । तर रिट दायरका अधिबक्ता त्रिपाठी भन्छन् ' आइतबार सभामुखको चुनाव भएपनि अदालतले आदेश दियो भने निर्वाचन नै बदर हुन्छ' । 

काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved