दिपक मनाङ्गेविरुद्द उजुरी दिने मिलन पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 04:35:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । गुरुङले होटेल जोस्टेललाई दुई लाख रुपैयाँको चेक दिएको तर उक्त खातामा पैसा नभएको भन्दै ‘बाउन्स चेक’ दिएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

होटेल सञ्‍चालक हरिभक्त आचार्यले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गुरुङले गत असोज १३ गते नै रित्तो बैंक चेक दिएको होटल सञ्चालक आचार्यको दाबी छ । 

गुरुङ ती व्यक्ति हुन् जसले गण्डकी प्रदेशसभाका सांसद राजीब गुरुङ (दिपक मनाङ्गे) विरुद्द अभद्र ब्यबहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved