आज राजधानीका यी स्थानमा ९ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 08:28:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ति नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार धापासी फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो ।  

प्राधिकरणका अनुसार बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने बसुन्धारा, सामाखुसी चोक, रानीबारी , गोंगबु चोक, टोखा रोद हुदै ग्राण्डि अस्पताल आसपास क्षेत्रमा विद्युत आपूर्ति अवरोध हुने छ । 

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ४ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved