सभामुख अग्निप्रसाद सापकोटा बिरुद्द दायर भएको रिटको पेशी न्यायधिश सपना मल्ल प्रधानको एकल इजलाशमा तोकिएको छ । उक्त रिटको पेशी मल्लको इजलाशको क्रम संख्या 'छ' मा तोकिएको छ । अर्थात् ६ वटा मूडको सुनुवाईपछि यस रिटको पालो आउने छ ।
आइतबार न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिएको भएपनि उनले हेर्न नमिल्ने भएपछि आज सोमबार पुन पेशी तोकिएको हो । सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको फुयालले मुद्दा हेर्न नमिल्ने भएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गरेका थिए । निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध चयन गरेको हो । उनले आज राष्ट्रपतिबाट सपथ लिदै छन् ।