देउवा खुसुक्क कार्यालय छिरेपछि बाहिर कुटाकुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 02:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुइ पक्षबीच हानाहान भएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेविसंघका दुई समूहबीच कुटाकुट भएको हो । कुन्दन काफ्ले निकट विद्यार्थीहरूले सोमबार केन्द्रीय कार्यालयमा पार्टी सभापति शेर बहादुर देउवाविरुद्ध नाराबाजी गरेपछि दुई पक्षबीच हानाहान भएको हो ।

विधानविपरीत ३२ वर्ष माथिका व्यक्तिलाई नेतृत्व दिन लागिएको भन्दै काफ्ले निकट विद्यार्थीहरूले सुरु गरेको आमरण अनसनमा बसेका विद्यार्थीहरुले पार्टी नेतृत्वविरुद्ध नाराबाजी गरेपछि झडप भएको हो । 

सभापति देउवा निकटका विद्यार्थी समूहले अनसन बसेका विद्यार्थीमाथि आक्रमण गर्दा महेन्द्र रत्न क्याम्पस ताहचलका नेविसंघ नेता कमल पन्त घाइते भएका छन् । दुई समूहबीच गमला र इट्टा हानाहान भएको थियो । अनसनरत विद्यार्थीले नाराबाजी गरिरहेको अवस्थामा सभापति देउवालाई स्कर्टिङ गरेर कार्यालयभित्र प्रवेश गराएपछि झडप भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved