सभामुख सापकोटा बिरुद्दको मुद्दा हेर्दाहेर्दैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 04:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख  अग्निप्रसाद सापकोटा बिरुद्द दायर भएको रिटको सुनुवाई आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायधिश सपना मल्ल प्रधानको एकल इजलाशमा सुरु भएको सुनुवाई पुरा नभएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब भोली पुन: सुनुवाईले निरन्तरता पाउने छ । 

 आइतबार न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिएको भएपनि उनले हेर्न नमिल्ने भएपछि आज सोमबार पुन पेशी तोकिएको थियो । सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको फुयालले मुद्दा हेर्न नमिल्ने भएको थियो  ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गरेका थिए  ।  निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध चयन गरेको हो । उनले आज राष्ट्रपतिबाट सपथ समेत लिईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved