बिजपाटी सम्बाददाता     Jan 28, 2020 | 02:34:53 PM


tansen

नेपाली सेनाले भूतपूर्व सैनिकका बालबालिकाहरूलाई निः शुल्क अध्ययन गराउने भएको छ । दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरूमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरूलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको जानकारी दिएका हुन् । 

शिक्षाको पहुँचबाट कोही वञ्चित नहोस् भनेर आगामी शैक्षिक सत्रबाटै लागु हुने गरी हिताधिकारीमध्ये श्रीमान्–श्रीमति दुवैको मृत्यु भई टुहुरा भएका बालबालिकाहरूका लगि यस्तो अवसर दिइने सेनाले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका