काठमाडौँ महानगरले हटायो ३३ सय होर्डिङ बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 03:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले ३ हजार ३ सय अवैध होडिङबोर्ड हटाएको छ । महानगरले त्रिपुरेश्वर देखि महाराजगञ्ज, माईतिघर देखि बिजुलिबजार, त्रिपुरेश्वर देखि थापाथली र त्रिपुरेश्वर देखि सोल्टिमोड सम्मका होडिङ बोर्ड हटाईएको जनाएको छ । हाल माहानगरले तिलगंगा देखि मिनभवन हुँदै बानेश्वर सम्मको बोर्ड हटाउने काम जारी रहेको जनाएको छ । 

माहानगरबाट ५ टोली होर्डिङ बोर्ड हटाउन खटिएका छन् । टोलिले दैनिक २५० वटा बोर्ड हटाउने गरेका छन । काठमाडौँमा अधिकतम ३ फिट उचाई तथा ३० वर्ग फिट भन्दा ठुला बोर्ड राख्न नपाइने प्रावधान छ । 

महानगरले गत पौष ११ गतेदेखि महानगरभित्र नियमविपरित रहेका बोर्डहरु हटाउने काम थालेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved