बुधबार राजधानीका यी स्थानमा ९ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 03:58:18 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार राजधानीका विभिन्न स्थानमा साढेँ ९ घण्टा बत्ति नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार बुढानिलकण्ठ फिडरबाट आपूर्ति हुने विद्युत अवरोध हुने जनाएको हो ।  

प्राधिकरणका अनुसार बिहान साढेँ ७ बजेदेखि बेलुका ५ बजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने बसुन्धारा, सामाखुसी चोक, रानीबारी , गोंगबु चोक, टोखा रोद हुदै ग्राण्डि अस्पताल आसपास क्षेत्रमा विद्युत आपूर्ति अवरोध हुने छ । 

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ५ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved