सभामुख बिरुद्द दायर भएको रिटमा सर्वोच्चको यस्तो आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 06:11:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले सभामुख अग्निप्रसाद सापकोटा बिरुद्द दायर भएको रिटमा कारण देखाउ आदेश जारि गरेको छ । न्यायधिश सपना मल्ल प्रधानको एकल इजलाशले उनलाई सभामुख बनाउनुको कारण देखाउ आदेश माग गरेको हो । अदालतले निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन भने अस्विकार गरेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।  निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको थियो । 

सापकोटा बिरुद्द हत्या अभियोग लागेको छ ।  उनी बिरुद्द सिन्धुपाल्चोकका अर्जुन लामाको हत्या अभियोगमा मुद्दा अदालतमा विचाराधीन छ ।  त्यस मुद्दामा पनि अदालतले अनुसन्धान कहाँ पुग्यो भनेर सरकार सोधेको छ।  अदालतले १५ /१५ दिनमा बुझाउन भनेको अनुसन्धान प्रतिवेदनको प्रगति विवरण पनि माग गरेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved