टिप्परले युवकको ज्यान लिएपछि 'प्रेमिका' ले गरिन आत्महत्या, तनावमा वीरेन्द्रनगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 10:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेतको बिरेन्द्रनगरमा टिप्परको ठक्करबाट युवकको मृत्यु लगत्तै एक युवतीले आत्महत्या गरेकी छन। मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका-३, सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भएपछि विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन्।

केेशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी स्थानीयले बताएका छन। स्थानीयकाअनुसार उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको स्थानीयको दाबि छ। 

यद्यपि सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शाहीले आत्महत्या गरेको जानकारी आएको तर अहिलेसम्म उनी मृतकका केटी साथी भएको पुष्टि गर्न कुनै आधार नभेटिएको बताए। ‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’ उनले बिजपाटीलाई भने, तर सिंहको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं।'

यता स्थानीयहरुले भने केशरबहादुर सिंह ति युवतीलाई भेट्नलाई जाने क्रममा मृत्यु भएको र आफुलाई भेट्न आउँदा प्रेमिकाको मृत्यु भएको भन्दै ति युवतीले आत्महत्या गरेको चर्चा गरेका छन। तर आत्महत्या गरेकी ति युवतीबाट कुनै पनि सुसाइट नोट फेला नपरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको दाबि छ। युवक र युवतीबीच प्रेम सम्बन्ध रहेको भन्ने स्थानीयको भनाई पुष्टि गर्नेगरि सामाजिक संजाल फेसबुकमा यस्तो स्ट्याटस फेला परेको छ।        

मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिंहको घटनास्थलमा नै मृत्यु भएको थियो। टिप्परले १५ मिटर टाढासम्म लतारेकाले घटनास्थलमै ति युवाको मृत्यु भएको स्थानीयको भनाई छ।

तनावमा वीरेन्द्रनगर  

घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त हुन पुगेको हो। स्थानीयले प्रहरी प्रशासन बिरुद्द गरेको आन्दोलनले उग्र रुप लिएपछि आन्दोलनलाई रोक्न २१ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ। तर प्रदर्शनकारीलाइ लागेको गोली भने आफुले नचलाई अज्ञात समुहले चलाएको प्रहरीको दाबी छ । आन्दोलन चर्किएकाले प्रहरीले आज बेलुका ६ बजेदेखि लागू हुनेगरी भोलिसम्मलाई कर्फ्युको घोषणा गरेको छ।  

यसअघि: 

युवाको मृत्युपछि सुर्खेत तनाबग्रस्त, गोली लागेर ८ घाइते (भिडियो सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved