रौतहटमा प्रहरी र आपराधिक समूहबीच गोली हानाहान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 01:25:59 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान भएको छ । मंगलबार राती साढे १२ बजे इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा गोली हानाहान भएकोप्रहरीले जनाएको छ ।

भारतबाट आउँदै गरेको मोटरसाइकलमा सवार तीन जनाले प्रहरीलाई लक्षित गरी फायर गरेका थिए।प्रहरी टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको हो । प्रहरीको गोली लागेर भारतको मोतिहारी जिल्ला बारफरीद ग्राम पन्चायत ६ का २१ वर्षीय चाँदअली घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  अलीको खुट्टामा गोली लागेको छ ।

प्रहरीले घटनास्थलबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र एउटा गोलीको खोका बरामद गरेको छ । मोटरसाइकलमा सवार अन्य २ जना भने भाग्न सफल भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved