शनिबार काठमाडौँका यी स्थानमा ९ घण्टा बिजुली नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 03:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको महाराजग‌ंज वितरण केन्द्रबाट वितरण हुने क्षेत्रमा शनिबार विद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले धापासी फिडरबाट वितरीत लाइन भएको क्षेत्रमा चक्रपथ विस्तारको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकाले शनिबार विहान ७ बजेबाट ४ बजेसम्म विद्युत आपूर्ती बन्द हुने जनाएको छ । 

उक्त फिडर अन्तर्गत वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गो‌ंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रमा यसको असर पर्ने प्राधिकरणले जनाएको छ । तर रुख कटानको काम चाँडै सकिएमा बेलुका ४ बजेभन्दा अगाडी नै विद्युत आपूर्ती सूचारु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved