मोटरसाइकल चालकको मृत्युपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रासस

रासस

Feb 01, 2020 | 11:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको लम्कीचुहामा मोटरसाइकल चालक मृत अवस्थामा फेला परेका छन् ।  शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा फेला परेका हुन् । 

चुहामा व्यापार गर्दै आएका चौधरी लम्कीबाट घर जाने क्रममा  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । 

चौधरीको मृत्युपछि आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राति ३ बजेबाट राजमार्ग अवरुद्ध पारेपछि पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ जाने सयौँ यातायातका साधनबीच बाटोमै अलपत्र परेका छन् ।  शव पनि राजमार्गबाट उठाइएको छैन । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved