एमसीसी अध्ययन गर्न नेकपाको कार्यदल, विरोधी रावल सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 03:24:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सुझाव संकलन गर्न कार्यदल बनाएको छ । नेकपा सचिवालयले एमसीसी अध्ययन गर्न कार्यदल गठनको प्रस्ताव गरेको र उक्त प्रस्ताव अनुमोदनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । 

कार्यदलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजक र परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल गठनको प्रस्ताव गरेका हुन् । 

परराष्ट्रमन्त्री ज्ञवाली एमसीसी पास गर्नुपर्ने अडानमा छन् भने भिम रावल एमसीसीको विरोध गर्दै आएका छन् । कार्यदललाई १० दिनभित्र सुझव दिन समय दिईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved