नेकपाले गर्‍यो भारतको नक्सा नमान्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 05:22:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेकपाले भारतले जारी गरेको नयाँ नक्सा आफ्नो देशलाई स्वीकार नरहेको स्पष्ट पारेको छ । भारतले २०१९ नोभेम्बर २ मा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर  प्रकाशित गरेको राजनीतिक नक्सालाई नेकपाको केन्द्रीय कमिटी बैठकले नमान्ने निर्णय गरेको हो । 

‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ’ नेकपाले भनेको छ, ‘नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्वसहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ ।’ 

नेकपाले सीमा समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved