ठेकेदारलाई मन्त्री भट्टराईको चेतावनी, ‘समाजबाटै अपहेलित हुनुपर्ला’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 03:47:39 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माण व्यसायीहरुलाई समाजबाट अपहेलित हुनुपर्ला भन्दै सोत गराएका छन् । देशका विभिन्न विमानस्थलको हालको अवस्थाबारे जानकारी दिन नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले सरकारले लिएको लक्ष्य अनुसार भौतिक संरचना निर्माण पूरा गर्न तयारी अवस्थामा रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका हुन् । 

५ वर्षभित्र निजगढ विमानस्थल सञ्चालनमा आउने गरी काम गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल केही महिनामा नै सञ्चालनमा आउने लगायतका प्रगति सुनाउँदै मन्त्री भट्टराईले सरकारले दीर्घकालिन लक्ष्यका साथ भौतिक विकासको योजना अघि सारेको बताए । यसका लागि सरकारले कानुन पनि शंसोधन गरेर आफूले जिम्मा लिएको संरचना नबनाउने काम समयमा नै नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नेसम्मको व्यवस्था गरेको उनको भनाई छ । 

‘सरकारी लक्ष्य अनुसार काम नगरेर ठेकेदार साथीहरुलाई पनि सुख छैन’ मन्त्री भट्टराईले भने, ‘कालोसूचीमा पर्न सक्ने र समाजबाटै अपहेलित र बहिष्किृत हुन सक्ने अवस्था आउन सक्छ, किनकी कानुन नै त्यस किसिमको बनिसकेको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved